×

Vajra NTV

गृहमन्त्रीबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसँग छ –कृष्णबहादुर महरा


काठमाडौं माघ १७ गते । गृहमन्त्रीबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसँग भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् । पार्टी पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो विषयले बैठकमा प्रवेश नै नपाएको जानकारी दिँदै दिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गृहमन्त्रीका बारेमा निर्णय गर्ने भएकोले यो विषयले पार्टीभित्र प्रवेश नगरेको बताएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद गुमाउका थिए । सो पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले आवश्यक निर्णय गर्नुभएको छैन हाल आफ्नै मातहतमा राखेका छन् । माओवादी केन्द्रले स्थायी समितिको बैठक दुई दिनका लागि स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठक माघ १८ गते बोलाउने निर्णय गरिएको छ।


More

View All

News

Health

Sports