×

Vajra NTV

राष्ट्रपतिको निर्वाचनमा एमालेलाई प्रधानमन्त्री दाहालले समर्थन गर्ने –शेरबहादुर तमाङ


 

काठमाडौं माघ १७ गते । गत मंसिर ४ को निर्वाचनको परीणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले बताएका छन् । पूर्वमन्त्री तमाङले राजधानीको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तमाङले आफूहरुले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताएका हुन् ।

पूर्वमन्त्री तमाङले सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने दाबी गरेका छन् ।

‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन । राष्ट्रपतिको निर्वाचनमा नेकपा ९एमाले० ले प्रस्ताव गरेको पात्र बन्नेछ । त्यसमा प्रचण्डले समर्थन गर्ने छन्,’उनले भने । साथै, एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको उनको भनाई छ । पदीय भागबण्डाको आधारमा राष्ट्रिय सहमतिको कुनै प्रयास नहुने उनले बताए ।

ह्योन्जन हर्बल प्रा.लि . ललितपुर , गोदावारी-६ सम्पर्क +977 9808099234, 9851060645,


More

View All

News

Health

Sports