काठमाडौं, माघ २१ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।बिहीबार प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपालाई सरकारमा जानेरनजानेबारेमा छलफल गर्न दुई दिनको समय दिएका थिए। आज सो समय सकिँदैछ। यसै क्रममा दुई शीर्ष नेता छलफलमा जुटेका हुन्।