×

Vajra NTV

त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार अझै चित्तबुझ्दो छैन –पर्यटनमन्त्री किराँती


काठमाडौं, माघ २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्।आज बिहान विमानस्थलको अनुगमन गर्न पुगेका पर्यटनमन्त्री किराँती सुधार चित्तबुझ्दो नभएको भन्दै अझै प्रयत्न गर्न आग्रह गरेका छन् ।

उनले मन्त्रीको पदभार सम्हालेपछि गत माघ पहिलो साता विमानस्थलको अनुगमन गरेका थिए।त्यतिबेला उनले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए।


More

View All

News

Health

Sports