×

Vajra NTV

रास्वपाको बैठक आज पनि बस्दै, गृहमन्त्रालय नदिने प्रधानमन्त्रीको अडानमा कायमै


काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ११ बजे बस्ने छ । निबार बेलुका बसुन्धारास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएको थियो।रास्वपाले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रास्वपालाई गृहमन्त्रालय नदिने अडानमा कायमै राखेका छन् । उनले गृहको सट्टा भौतिक पूर्वाधार लिन प्रस्ताव गरेका हुन्।

उक्त प्रस्तावमा छलफल गर्न आज पनि बैठक बस्न लागेको हो।बैठकमा राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको चुनावबारे मात्रै छलफल भएको थियो ।स्रोतका अनुसार सरकारबाट नबाहिरिने पक्षमा धेरै नेताहरू उभिएका छन्।


More

View All

News

Health

Sports