×

Vajra NTV

नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दै


काठमाडौं, माघ २३ गते । आज नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक अपरान्ह चार बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो।

आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। उनीहरूको राजीनामापछि कसलाई के जिम्मेवारी भन्ने तोकिएको छैन।


More

View All

News

Health

Sports