×

Vajra NTV

आज संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची


काठमाडौं, माघ २३ गते । आज संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ः५९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु हुनेछ।बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

यसैगरी, उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।प्रधानमन्त्री पुष्पकमल दाहालले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।


More

View All

News

Health

Sports