×

Vajra NTV

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुँनेको संख्या ४ हजार पुग्यो


काठमाडौं, माघ २३ गते । टर्की र सीरियाको सीमामा केन्द्रविन्दु भएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार पुगेको छ । टर्कीमा २९ सय र सिरियामा ११ सय जनाको मृत्यु भएको टर्कीको सरकारी सञ्चारमाध्यम अनदलु न्यूजले जनाएको छ। भूकम्पका कारण दुवै देशमा हजारौं घाइते भएका छन्।

टर्कीको गाजियान्टेप प्रान्तको नुरडागीबाट २३ किलोमिटर पूर्वी क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का लेबनन, साइप्रस र इजरायलसम्म महसुस गरिएको थियो। टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले टर्कीमा मात्रै १३ हजार जना घाइते भएको जनाएका छन्। भूकम्पका कारण सिरियामा ३ हजार घाइते भएका छन्। घाइते मध्ये अधिकाशंको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझ बढ्न सक्नेछ। अध्याधिक चिसोका कारण उद्धार कठिनाइ भएको छ। टर्कीका १० वटा सहरमा क्षति पुगेका छन् भने १७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्।


More

View All

News

Health

Sports