काठमाडौं, माघ २४ गते । आज राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले शपथ लिदैछिन् । संघीय संसद सचिवालयका अनुसार आज विहान ११ बजे उनले शपथ लिनेछिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा उनले पद तथा गोपनीयताको शपथ लिने सचिवालयले जनाएको छ ।

उपाध्यक्ष अर्याललाई राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराउने छन् । शपथ लगत्तै उनले संघीय संसद सचिवालय सिंहदरवार पुगेर पद बहाली गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।