×

Vajra NTV

पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं, फागुन ३ गते । आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । नेपाल गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । भारतविरुद्ध नेपाली टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा रहेका छन् ।काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् ।


More

View All

News

Health

Sports