काठमाडौं, फागुन ४ गते ।आज बिहान नवनियुक्त ३ जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

शपथ ग्रहण गर्नेहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्।