×

Vajra NTV

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौं, फागुन १० गते । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ ।

आज २१ सदस्यीय मस्यौदा समितिले तयार पारेको नियमावलीको मस्यौदा पेस गर्न लागिएको छ।संसदले पास गरेपछि नयाँ नियमावली लागू हुने छ । हाल २०७५ को नियमावलीले संसद चलिरहेको छ । त्यस्तै संघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिवेदन गर्ने छन् ।


More

View All

News

Health

Sports