×

Vajra NTV

आज ताजकिस्तानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो


काठमाडौं, फगुन ११ गते । आज बिहान साढे ५ बजे ताजकिस्तानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अफगानिस्तान–चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको क्षतिको विवरण आइसकेको छैन।

यसअघि चिनियाँ भूकम्प नेटवर्क सेन्टरले ७ दशमलब २ म्याग्नीच्युड मापन भएको बताएको थियो। अमेरिकी जिओलोजिकल सर्वेले ६.८ म्याग्निच्युड मापन गरेको हो।भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महशुस भएको छ।


More

View All

News

Health

Sports