काठमाडौं, फागुन १५ गते । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ आज पनि हुने भएको छ । आइतबार भएको सुनुवाइमा प्रतिवादी लामिछानेका तर्फबाट केही कानून व्यवसायीको बहस बाँकी नै रहेकाले उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबार देखि भएको सुनवाई नसकिएपछि आजका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुने निर्णय हुनेछ ।
लामिछाने कारागारमा धरौटी तारेखमा रहने वा नरहने, विदेश जान पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको हो ।सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा तोकिएको पेशीका क्रममा आज सरकारी पक्षबाट तथा लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस गरेका थिए ।