काठमाडौं, फगुन १६ गते । आफू सरकारमा नजाने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दैउपसभापति खड्काले कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।

उपसभापति खड्काले पुस १० गते भत्काइएको गठबन्धनलाई पुनः स्थापित गर्ने संकल्पलाई लगभग पूरा गरिकाले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका छन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, , ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनस्स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’ नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेकाले उनले सोही विषयमा स्पष्टीकरण दिएका हुन् ।