×

Vajra NTV

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनः १८ दल दर्ता


काठमाडौं, फगुन १७ गते । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमा १८ दल दर्ता भएको जानकारी दिएका छन् ।आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएका छन् ।

 


More

View All

News

Health

Sports