×

Vajra NTV

उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किए, २६ जनाको मृत्यु


काठमाडौं, फगुन १७ गते । उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा उत्तरी ग्रीसमा २६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि दर्जनौँ यात्रु घाइते भएका छन् । मंगलबार साँझ लारिसा सहर नजिक भएको दुर्घटनापछि रेलमा आगलागी भएको छ । उद्धारकर्ताहरू यतिबेला रेलमा लागेको आगो नियन्त्रण गर्ने प्रयासमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

मालवाहक रेलसँग ठोक्किएको यात्रुवाहक रेलमा करिब ३५० यात्रु रहेको बताइएको छ । स्थानीय मिडियाहरूमा दुर्घटनाग्रस्त रेलमा ठुलो आगलागी भइरहेको र बाक्लो धुवाँको मुस्लो आइरहेको देखाइएको छ । घटनास्थलमा १७ वटा वारुणयन्त्रहरू आगो निभाउन खटिएको अग्नि नियन्त्रक संस्थाले जानकारी दिएको छ ।


More

View All

News

Health

Sports