काठमाडौं, फागुन १८ गते । आज नेकपा (एमाले) बाट भाबी राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ दलका नेताहरुसँग परामर्श गर्दै छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त हुन थालेका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सभामुख तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ दुवै उम्मेदवार भोट माग्न नेता तथा सांसदहरुसँगको छलफल र परामर्शको दौडमा छन् ।

आज राष्ट्रपतिका उम्मेदवार नेम्वाङले ११ बजे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, दिउँसो १ बजे रास्वपाका सभापति रवि लामिछाने, २ः३० बजे राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ ।