काठमाडौं, फागुन १८ गते । विथोलिएको राजनीतिक वातावरण सही बाटोमा आएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । सिरहास्थित पार्टी कार्यलयम सन्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले केहीसमय असहजतातर्फ अघि बडेको राजनीति आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका हुन ।

अब आठ दलीय गठबन्धनको समझदारी अनुरूप मुलुक अगाडि बढ्ने उनको भनाइ छ । विगतमा कमजोरी भए पनि अब गठबन्धनभित्र कुनै असमझदारी नरहेकोले राजनीति कोर्स सहजरूपमा अगाडि बढ्ने उनले बताए ।राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेको जित सुनिश्चित रहेको उनले बताए । मुलुकको अर्थतन्त्र संकटमा रहेकाले बिग्रिएको परिस्थितलाई सम्हालेर जानुपर्ने चुनौती रहेको उनले बताए । अब सरकारले नागरिकमा आसा जगाउनेगरी काम गर्नु पर्ने उनले बताएका छन् ।