×

Vajra NTV

प्रधानमन्त्री दाहाल त्रिवि क्रिकेट मैदान,अध्यक्ष ओली भने म तपाईंहरुको साथमा छु


काठमाडौं,चैत २ गते । नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि क्रिकेट मैदान पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

त्यस्तै  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई सफलताको कामना व्यक्त गरेका छन् ।

खेल सुरु हुनु अघि अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन् मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १ राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गर्ने तयारीमा छ ।

 


More

View All

News

Health

Sports