×

Vajra NTV

आज राष्ट्रपतिको चियापान, शीतल निवासमा देशैभरका सांसदलाई निम्तो


काठमाडौं, चैत ४ गते । आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच शीतल निवासमा भेटघाट हुने भएको छ।उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।


More

View All

News

Health

Sports