काठमाडौं, चैत ६ गते । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ ।

वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने गरेका छन् । पुस माघमा हिउँले सेताम्य हुने यो ठाउँ यस वर्ष वर्षा नहुँदा हिउँ परेन । हिउँ नपर्दा खडेरीले सोलेडाँडा उराठिलो बन्यो । पर्यटक हिउँ खेल्न पाएनन् ।
दुई हजार छ सय ३० मिटरको उचाइमा रहेको सोलेडाँडा घना जङ्गलको बिचमा हुँदा मनोरोगीलाई प्राकृतिक उपचारका उपयुक्त हुनछ । पछिल्लो समय प्राकृतिक उपचारका लागिभन्दा घुमफिर र रमाइलो गर्न आउने गरेका छन् । खासगरी बिदाका दिनमा शैक्षिक भ्रमणका साथै वित्तीय संस्थाका कर्मचारी वनभोजका लागि बढी आउने गरेका छन् ।
विक भन्नुहुन्छ, “गाउँपालिकाले सोलेडाँडामा ठूलो लगानी गरेर राम्रो बनाएको छ, तमान आउने सजिलै सोलेडाँडा पुग्न सक्छन्, पहिलेको जस्तो अप्ठ्यारो बाटो छैन, गाडीमै त्यहाँसम्म पुग्न सकिन्छ, अहिले त झन गुराँस फुलेर वनै ढोकेको छ, त्यसले गर्दा धेरै मान्छे रमाउन आउँछन्, होटल, रेष्टुराँको व्यवस्था छैन, त्यसले गर्दा उनीहरु घुम्ने फर्किने गर्छन् ।”
गुल्मीको मुसिकोटबाट घुम्न आएका सुनिले घिमिरेले वनभरि फुलेको लालीगुराँसले मनै लोभ्याएको बताए । । सोलेडाँडा घुम्न दुई वर्ष अगाडि आएको सुनाउँदै पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको बताउनुहुन्छ । पदयात्राका लागि सोलेडाँडा उपयुक्त गन्तव्य भएको भन्दै यहाँ पर्यटकीय संरचना निर्माण गर्नसके बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने उनको भनाइ छ ।