×

Vajra NTV

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ


काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकाको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दिएका छन् । सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले देशी–विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखेका छन् । “देशमा राजनीतिक स्थायित्व भए ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अर्थतन्त्र पनि उकासिन्छ”, उनले भने, “उद्योग, व्यवसायको प्रवद्र्धनमा राजनीतिक नेतृत्व र राज्य संयन्त्र सहयोगी बन्नुपर्छ ।”देशमै रोजगार सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको प्रदेश प्रमुख गुरुङले बताएका छन् ।


More

View All

News

Health

Sports