×

Vajra NTV

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह


काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि निर्वाचन आयोगले आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।

आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ । रिक्त तीन निर्वाचन क्षेत्रमा आयोगले बैशाख १० गते एकैसाथ उपनिर्वाचन गर्ने भएको छ ।

 


More

View All

News

Health

Sports