×

Vajra NTV

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप


काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आरोप लगाएका छन्। खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरे।

खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए। तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत पुगेर हस्ताक्षर गरेर मात्र फर्किए।

खानले पछिल्लो पटक उच्च अदालतका मुख्य न्यायाधीश अमर अता मन्दियाललाई चिठ्ठी लेखेर आफ्नो हत्याको योजना बनेको भन्दै भर्चुअल सुनुवाईको माग गरे। खानले पत्रमा शनिबार अदालतमा हाजिर हुँदै गर्दा प्रहरीले नै आफ्नो बाटो छेकेको, कार्यकर्तामाथि गोली चलाएको र अदालत परिसरको वातावरण शंकास्पद देखिएको दाबी गरेका छन्।


More

View All

News

Health

Sports