×

Vajra NTV

 युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्ताव


काठमाडौं, चैत ७ गते । रुसलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रस्ताव गरेका छन्।रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तामा सीले उक्त प्रस्ताव गरेका हुन्। सीको प्रस्तावमा पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएका छन्।

रुस–युक्रेनबीचको युद्ध रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले सी रुस भ्रमणमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भेटका क्रममा दुई नेताले एकअर्कालाई ‘प्रिय मित्र’ भन्दै सम्बोधन गरेका थिए । सीसँगको वार्तामा पुटिनले भने, ‘हामी वार्ता प्रक्रियाका लागि सँधै खुला छौँ।’चीनले पछिल्लो महिना युद्ध अन्त्यका लागि एक योजना जारी गरेको थियो। जसमा शुत्रताको अन्त्य र शान्ति वार्ता पुनः सुचारु गर्नु पर्ने समावेश छ ।


More

View All

News

Health

Sports