×

Vajra NTV

सम्पूर्ण नेपाली छुवाछूत र जातीय हिंसाविरुद्ध उभिनुपर्छ –प्रधानमन्त्री दाहाल


काठमाडौं, चैत ७ गते । सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भने, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”


More

View All

News

Health

Sports