×

Vajra NTV

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, उपनिर्वाचनको विषयमा छलफल गर्ने


काठमाडौं , चैत ८ गते । आज जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दै छ । वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । आज बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरि आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिएका छन् ।

आजको बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ। उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ।

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ। सो क्षेत्रबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

यसैगरि, कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ। जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ।


More

View All

News

Health

Sports