काठमाडौं , चैत ८ गते । आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोस्रोपटक विश्वासको मत लिँदैछन्।विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो। जसले गर्दा मुख्यमन्त्री जम्मकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।उनले चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।