×

Vajra NTV

माओवादी संसदीय दलको बैठक बस्दै,गण्डकी सरकारको समर्थन फिर्ता लिने


काठमाडौं, चैत १० गते । नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिने भएको छ । आज मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न माओवादी संसदीय दलको बैठक डाकिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिएका छन् ।


More

View All

News

Health

Sports