×

Vajra NTV

भविष्यमा यस रोगबाट कसैको पनि कालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु –प्रधानमन्त्री दाहाल


काठमाडौं, चैत १० गते । आज विश्व क्षयरोग दिवस हो । क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कामना गरेका छन् ।विश्व क्षयरोग दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् र भनेका छन्, ‘भविष्यमा यस रोगबाट कसैको पनि कालमा मृत्यु नहोस् भन्ने कामना गर्दछु ।’ उनले विगतमा क्षयरोगबाट ज्यान गुमाएकाका परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत् क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।


More

View All

News

Health

Sports