काठमाडौं, चैत १२ गते । आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ विद्येयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’भनी प्रस्ताव प्रस्तुत हुनेछ।