×

Vajra NTV

सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री दाहालको तयारी


काठमाडौं, चैत १२ गते ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य जारी राखेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले मन्त्रालय भागबण्डाको खाकासमेत तयार पारिसकेको बताएका छन् ।

उक्त प्रस्तावित खाकाबारे प्रधानमन्त्री प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।आज गठबन्धनका अन्य दलका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सुरुमा गठबन्धनका दलहरुसँग अलग–अलग छलफल गर्ने र संयुक्त छलफल गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताए ।

सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ ।


More

View All

News

Health

Sports