×

Vajra NTV

सरकारमा सहभागी हुँन अर्थसहित ८ मन्त्रालयमा कांग्रेसले दाबी गर्ने


काठमाडौं, चैत १२ गते । सरकारमा सहभागी हुँदा नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो।

जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो।सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए। खड्काले कम्तीमा ८ मन्त्रालयमा आफूहरूको दाबी रहँदै आएको बताएका थिए।


More

View All

News

Health

Sports