×

Vajra NTV

सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइ


काठमाडौं, चैत १३ गते ।आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा अन्तिम सुनुवाइ सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय(घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो।


More

View All

News

Health

Sports