×

Vajra NTV

राजनीति जनताप्रति सेवा गर्ने उच्चतम अठोट, र समर्पणबाट अभिप्रेरित हुनुपर्छ–राष्ट्रपति पौडेल


काठमाडौं, चैत १३ गते । राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । आज काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले जोशीलाई चिनेको राष्ट्रपति पौडेलले बताएका छन् । उनले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने जिकिर गरेका छन् ।


More

View All

News

Health

Sports