काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरू बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री दाहालको निमन्त्रणामा उनलाई बालुवाटार बोलाइएको हो ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ ।प्रचण्डले मिटरब्याज पीडितका माग सुन्ने र छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएर मिटरब्याज पीडितहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।