काठमाडौं, चैत १८ गते । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित तीनजनाले पत्रकार सम्मेलन गर्ने भएका छन्।उपनिर्वाचनमा उठ्न लागेका लामिछानेसहित स्वर्णिम वाग्ले र रमेश खरेलले आज अपराह्न ४ बजे पार्टी कार्यालय बसुन्धरामा संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।

सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी तीन भाइको पत्रकार सम्मेलन ४ बजे’, । लामिछाने आफ्नो पुरानै निर्वाचन क्षेत्र चितवन–२ मा उठ्दै छन्। वाग्लेलाई तनहुँ– १ र खरेललाई बारा–२ मा उठाउने रास्वपाको तयारी छ।