×

Vajra NTV

आज मन्त्रिपरिषदको बैठक बस्दै


काठमाडौं, चैत २० गते । आज अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १७ गते कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १ १ जना मन्त्री थपेका थिए ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती पर्यटन, अमनलाल मोदी, संघीय मामिलामन्त्रीको जिम्मेवारीमा छन् । माओवादीकै सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन् ।

कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ बनेको छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री बनेका छन् । जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता श्रेष्ठ भूमिसुधार मन्त्री भएका छन् ।कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।


More

View All

News

Health

Sports