×

Vajra NTV

उपनिर्वाचनका लागि कहाँबाट को–कोले दिँदैछन् उम्मेदवारी ?


काठमाडौं, चैत २० गते । आज आगामी वैशाख १० गते चितवन २ र बारा २ र तनहुँ १ मा हुँने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्ने छन् । उम्मेदवादी दर्ताका लागि कांग्रेस, एमाले राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत पार्टीका उम्मेदवार सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् । तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खानाल रास्वपाका स्वर्णिय वाग्ले र राप्रपाका शोभा गुरुङ लगायतले उम्मेदवारी दिँदै छन् ।

यस्तै चिनवन २ मा सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने ,राप्रपाका जीवलाल पुरी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् । बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह लगायतले उम्मेदवारी दिने छन् ।


More

View All

News

Health

Sports