×

Vajra NTV

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने


काठमाडौं, चैत २३ गते । आज आगामी बैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ । गत २१ गते उम्मेदवारका बिरुद्धमा परेको उजुरी हिजो मंगलवार छानबिन सकिए पछि आज अन्तिम नामावली सार्वजनिक गरिन लागिएको हो ।

निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार गत चैत २० गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारको कानुनी हैसियत प्राप्त गरी उपनिर्वाचनका लागि योग्य भएका नाम सार्वजनिक गरिनेछ ।

चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेविरुद्ध परेका ४ वटा उजुरी मध्ये तीन वटा उजुरीमा दावी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अकिकृतको कार्यालयले उनको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो । तर, युवराज पौडेल ‘सफल’ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ, जुन उजुरीको जवाफ दिन लामिछानेलाई ७ दिनको समय दिइएको छ ।

त्यस्तै चितवन–२, बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार बारा–२ मा १२ वटा राजनीतिक दलका र २४ जना स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने चितवन–२ मा १२ जना स्वतन्त्रसहित १२ जना राजनीतिक दलका उम्मेमदवारसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन । तनुहँ–१ मा ९ वटा राजनीतिक दलकातर्फवाट उम्मेदवारी दर्ता गराएका छन् ।

 


More

View All

News

Health

Sports