×

Vajra NTV

पाटन संयुक्त क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी


काठमाडौं, चैत २६ गते । पाटन संयुक्त क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन ।

गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट बिष्ट ८४१ मतसहित बिजय भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सिमित भएका छन् ।


More

View All

News

Health

Sports