×

Vajra NTV

लाहोर उच्च अदालतले इमरान खानको याचिकामा अप्रिल १२ मा सुनुवाइ गर्ने


 

काठमाडौं, चैत २६ गते । पाकिस्तानको एक अदालतले पुर्व प्रधानमन्त्री इमरान खान विरुद्ध सुनुवाइ अप्रिल १२ मा गर्ने भएको छ ।डन अखबारका अनुसार न्यायाधीश शाहिद बिलाल हसनको अध्यक्षतामा लाहोर उच्च न्यायालयको पाँच सदस्यीय बेन्चले १२ अप्रिलमा याचिकाको सुनुवाइ गर्नेछन ।

सो अदालतले तोशाखाना भ्रष्टाचार मुद्दाको बहुप्रतिक्षित सुनवाइ अप्रिल १२ मा गर्ने भएको हो । र, सो सुनवाइमा दुवै पक्षलाई यस विषयमा आफ्नो तर्क पेश गर्न अनुमति दिने बताएको छ ।

तोषखानाको उपहार बेचेको आरोप इमरान खान माथी छ। इमरान खानलाई तोशाखानामा राखिएका उपहारहरू तत्कालीन प्रधानमन्त्रीका रूपमा पाएको महँगो घडी समेत सस्तो मूल्यमा किनेर नाफा कमाउन बेचेको आरोप छ।

तोषखाना पाकिस्तानको एक सरकारी विभाग हो, जहाँ सरकारका प्रमुखहरू, राष्ट्रपति, प्रधानमन्त्री, सांसद, नोकरशाह र अधिकारीहरूलाई विदेशी प्रतिष्ठित व्यक्तिहरूले दिएका उपहारहरू राखिन्छन्।


More

View All

News

Health

Sports