काठमाडौं, चैत २८ गते। सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।लिगको आठौं चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।जावलाखेल आज पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।आर्मी ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा साविक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मछिन्द्र ७ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । खुमलटार ७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।