×

Vajra NTV

आजदेखि काठमाडौ महानगरपालिकाले अव्यवस्थित तार हटाउदै


काठमाडौं, २५ बैशाख । आजदेखि काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार काटने कार्यको सुरु गरिँदै छ ।महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

आइतवार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमवारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।


More

View All

News

Health

Sports