काठमाडौं, १ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुँन लागेका हुन् ।

दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिडनेछन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुँने छ । उता, तीन बजे नै खुमलटार र मच्छिन्द्र क्लब आमुने–सामुने हुँने छन् । जुन खेल एन्फा कम्प्लेक्स, सातदोवाटोमा सुरु हुँने छ ।