×

Vajra NTV

नक्कली शरणार्थी प्रकरणः आरोपीमाथी आज पनि थुनछेक बहस हुँने


काठमाडौं, २२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजो देखी सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायायधिस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए ।

पुर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँड, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरुले थुन छेक बहस गरेका थिए । सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिईने छ ।


More

View All

News

Health

Sports