×

Vajra NTV

बेलायतमा ७५५ बर्ष पछि पहिलो प्रधानन्यायाधीशहरु नियुक्ती हुँदै


काठमाडौ, ३० जेष्ठ । यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ । बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।

मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।

दुई उम्मेदवार मध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन्। आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ । प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो। अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन्।


More

View All

News

Health

Sports