×

Vajra NTV

कोशी प्रदेश सरकार विरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनवाई हुँदै


काठमाडौं, २४ असार । आज कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि सुनवाई हुँदैछ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँन लागेको हो ।निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निमार्ण गर्न र ढाल्न भुमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो ।सो रिटको आज आइतबारका लागि पेसी तोकिएको थियो ।


More

View All

News

Health

Sports