×

Vajra NTV

अमेरिकी सहायक विदेशी मन्त्रीसँग ठुला नेताहरुको भेटघाट किन ?– भीम रावल


 

काठमाडौं, ३० असार । एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा नेकपा (एमाले)का नेता भीम रावलले टिप्पणी गरेका छन् ।अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शिर्ष नेताहरुसँग भेटघाट पछि उनले आफनो टिप्पणी सार्बजनिक गरेका हुँन् ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्न्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’

सहायक विदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

 


More

View All

News

Health

Sports